एनआईसी एसिया लघुवित्तको वित्तीय साक्षरता र्‍याली कार्यक्रम सञ्चालन

नेपालभ्युज

एनआईसी एसिया लघुवित्तको वित्तीय साक्षरता र्‍याली कार्यक्रम सञ्चालन

काठमाडौं। सुनसरीको इटहरीमा रजिस्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उप प्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्‍याली कार्यक्रम सञ्चालन गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा सञ्चालन भएको उक्त वित्तीय साक्षरतासम्बन्धी ¥याली कार्यक्रमलाई परासी लघुवित्त कर्मचारी मञ्चले अगुवाई गरेको थियो जसमा त्यस क्षेत्रमा सेवा तथा कार्यक्रम प्रवाह गर्दै आएका १६ वटा लघुवित्तहरूमा आबद्ध सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम परासीको हाटबजारबाट सुरु भई बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

यसरी वित्तीय साक्षरता झल्काउने नाराहरूको प्लेकार्डसहित भएको उक्त ¥याली कार्यक्रमबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरूमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको एनआईसी एसिया लघुवित्तका कर्पोरेट कार्यालयका चिफ विजनेस एन्ड क्वालिटी एस्युरेन्स इकोसिस्टम श्री अर्जुन श्रेष्ठले बताउँदै उक्त कार्यक्रममा सहभागिता जनाउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

“साथी सँगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा सञ्जाल र देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित भइरहेको छ ।

त्यस्तै, उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरूसहित नेपाल भरी आफ्ना २८७ शाखाहरूमार्फत २००,००० भन्दा बढि न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाइ गुणस्तरीय वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउदै आएको र आगामी दिनहरूमा पनि सोही अनुरूप कार्य गर्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved