वैशाख १० गते हुने उपनिर्वाचनको लागि भोलिदेखि दल दर्ता

चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपनिर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

नेपालभ्युज

वैशाख १० गते हुने उपनिर्वाचनको लागि भोलिदेखि दल दर्ता
फाइल फोटो

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य  लागि दल दर्ताको आह्वान गरेको छ ।

आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपनिर्वाचनमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् ।

चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपनिर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलले दलको विधान, नियमावली र घोषणा पत्र पेस गर्नुपर्ने छैन ।

चितवनको क्षेत्र नम्बर–२ तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि रिक्त भएका ठाउँमा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ । तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि यी निर्वाचन क्षेत्र रिक्त भएको छ ।

दुवै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको कार्यक्रम प्रकाशित गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved