मोरङका यी ४ क्याम्पसमा अनेरास्ववियु विजयी

नेपालभ्युज

मोरङका यी ४ क्याम्पसमा अनेरास्ववियु विजयी

काठमाडौं । आइतबार भएको स्ववियु निर्वाचनमा मोरङका चार क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ ।

प्राप्त मतपरिणाम अनुसार  लेटाङ बहुमुखी क्याम्पस, नरर्सिङ क्याम्पस विराटनगर, रमाइलो क्याम्पस कानेपोखरी र स्नातकोत्तर क्याम्पस विराटनगरको सभापतिमा अनेरास्ववियु विजयी भएको हो ।

लेटाङ बहुमुखी क्याम्पसमा अनेरास्ववियुका छवि श्रेष्ठ विजयी भएका छन् ।

विराटनगरमा रहेको नरसिंग क्याम्पसमा अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी छन् । यस्तै स्नातकोत्तर क्याम्पसमा  निर्मल गजुरेल विजयी भएका छन् ।

यस अघि  मोरङको कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियुले प्यानलै  जितिसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved