मोरङ, सुनसरी, सप्तरी हुँदै बारा आइपुग्दा उपेन्द्रलाई कति सहज ?

सप्तरीमा लज्जास्पद हार हुनुमा ३८ नेतालाई दाेष

मधेसका मुद्दा उठान् गर्दै आन्दोलनको नेतृत्व गरेको दाबी गर्ने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव संसद्‌ छिर्ने तयारीमा छन् । उनका लागि नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहज बाटो बनाइदिएका छन् ।

नेपालभ्युज

मोरङ, सुनसरी, सप्तरी हुँदै बारा आइपुग्दा उपेन्द्रलाई कति सहज ?

काठमाडौं । मधेसका मुद्दा उठान् गर्दै आन्दोलनको नेतृत्व गरेको दाबी गर्ने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव संसद्‌ छिर्ने तयारीमा छन् । उनका लागि नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहज बाटो बनाइदिएका छन् ।

बारा २ बाट निर्वाचित रामसहाय उपराष्ट्रपति निर्वाचित भएसँगै उपेन्द्रलाई संसद् प्रवेश सहज भएको हो । यद्यपि यो बाटो सहज भने देखिँदैन । यो बाटोमा उनकै पार्टीका केही नेतासमेत अबरोध गर्ने तयारीमा छन् ।

उपेन्द्र गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा सप्तरी २ मा पराजित भएका थिए । यादवलाई जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले दोब्बर मतान्तरले पराजित गरेका थिए । राउतले ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा उपेन्द्र १६ हजार ९७९ मतमा सीमित हुनुपरेको थियो ।

सुनसरी र मोरङमा जनाधिकार फोरमको नामबाट राजनीति गरेका उपेन्द्रले ०७४ पछि सप्तरी रोजेका थिए । कोशीपारि सप्तरी प्रवेश गर्दा ०७४ मा पनि उपेन्द्रको विरोध भएको थियो ।

तर, सप्तरीमा पनि उपेन्द्रले जनतासँगको सम्बन्ध राम्रो बनाउन नसक्दा ५ वर्षमै लजास्पद हार ब्यहोर्न बाध्य भए । सप्तरीपछि राजनीतिक छवि जोगाउन र सत्ताको भोक मेटाउन उपेन्द्र अब बारा २ आइपुग्दै छन् । उनी मंसिर ४ मा पर्साबाट समेत चुनाव लड्न चाहन्थे । तर, माहोल उनको पक्षमा भएन ।

तर, मोरङ, सुनसरी, सप्तरी हुँदै बारा आइपुगेका उपेन्द्रलाई यहाँ पनि जीत निकाल्न सहज भने देखिँदैन । अहिलेको सत्ता गठबन्धनका १० दलले सहयोग गर्दा उनको अवस्था सुदृढ देखिए पनि १० दलमध्ये ५ दल उनीसँग रूष्ट छन् ।

उपेन्द्रको विगत र अहिलेको अवस्थालाई हेर्दा तीन दलले सिधै उनको पार्टीविरुद्ध मोर्चा बनाइसकेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा),जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उपेन्द्रलाई सकेसम्म यो गठबन्धनमै नराख्ने पक्षमा छन् । गत मंसिरको निर्वाचनमा पनि उपेन्द्र एमालेसँग तालमेलमा थिए ।

यी तीन दलले उपेन्द्रको पार्टी जसपाविरुद्ध मिलेर जान कार्यगत एकतासमेत गरिसकेका छन् । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले नेपालभ्यूजसँग भनेका छन्, ‘मधेसवादी दलहरू एकैठाउँमा छौँ । हामीसँग नरहनेहरू मधेशको पक्षमा छैनन् । हुन आवश्यक पनि छैन । मधेसलाई भुल्ने साथीहरू पनि छन्, उनीहरूलाई उसैगरी रहन दिने हो ।’ त्यसो त उपेन्द्रबाहेकका मधेसबाट उदाएका नेताहरू एकैठाउँ छन् । उनीहरूले उपेन्द्रलाई एक्लाउन चाहन्छन् ।

१० दलमध्येका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) पनि उपेन्द्रसँग मिल्न चाहँदैनन् । भट्टराईले उपेन्द्रकै कारण जसपाबाट बाहिरिएर नेसपा गठन गरेका हुन् । प्रभु र उपेन्द्रको पनि कहिल्यै समधुर सम्बन्ध छैन । प्रभु साहकै जिल्ला रौतहटमा उपेन्द्रका कार्यकर्ताले प्रभु माओवादी केन्द्रमै हुँदा उनका कार्यकर्तालाई बाँसको भाटा र भाला रोपेर हत्या गरेदेखि नै प्रभु-उपेन्द्रबीच चर्को दुश्मनी छ ।

बारा २ मा उपेन्द्रलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहने देखिन्छ । तर, यो समर्थनले मात्रै पुग्दैन । गत मंसिरको चुनावी नतिजा हेर्ने हो भने जसपाका रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा माओवादीका कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए ।

यसैगरी सो क्षेत्रबाट स्वतन्त्र रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत ल्याएका थिए । अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्र यादवले १० हजार ७५०, अरुणकुमार ज्ञवालीले ७ हजार ६९८, जनमत पार्टीका उम्मेदवार राजेश साहले दुई हजार ७२५, नागरिक उन्मुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार १११, स्वतन्त्र उम्मेदवारहरू विनोदकुमार यादवले ७७७, अजयप्रसाद चौधरीले ५७४, राप्रपाका सोनालालप्रसाद साह तेलीले ४५९ मत ल्याएका थिए ।

उता,उपेन्द्रलाई सप्तरी २ मा चुनाव हराउनमा भूमिका खेलेको भन्दै ३८ जनाविरुद्ध केन्द्रमा उजुरी छ । ती व्यक्तिले बारामा के गर्छन् ? भन्ने अर्को प्रश्न छ । पार्टी अध्यक्ष उपेन्द्रलाई सप्तरी २ बाट हराउनेमा नाम चलेका नेता बढी छन् ।

३८ जनामध्ये मृगेन्द्रकुमार सिंह यादव, शैलेन्द्र साह, शम्भु झा, निरज झा, भीमराज यादव, सत्यनारायण यादव, महेश यादव, बबीसिंह यादवलगायतसँग पार्टीले बयानसमेत लिइसकेको छ ।

उनीहरूको बयान लिँदै गर्दा मनिष सुमन, केदार यादव, दिनेश यादव, नारायण यादव, श्याम यादवलगायतको नामसमेत आएको जसपा स्रोतले जनाएको छ । यदि यही नियति बारा २ मा पनि दोहोरिने अवस्था आएमा के गर्ने ? भन्ने पनि उपेन्द्र निकटको छलफल चलिरहेको एक नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved