बारामा आगामी चैतमा जितपुर सिमरा गोल्ड कप हुने

नेपालभ्युज

बारामा आगामी चैतमा जितपुर सिमरा गोल्ड कप हुने

बारा। बारामा जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जितपुर सिमरा गोल्ड कपको १३ औं संस्करण आगामी चैत्र ९ देखि आयोजना हुने भएको छ ।

सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताकाे बारेमा सोमबार आयोजक नवजन जागृती युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । प्रतियोगितामा ५ ए डिभिजन क्लब र ५ मोफसलका गरी १० टिमको सहभागिता रहने भएकाे छ ।

साविक विजेता न्युरोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथक्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड क्लब र आयोजक नवजन जागृती युवा क्लबले प्रतियोगिता खेल्ने भएका छन् ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् । त्यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार रूपैयाँ प्राप्त गर्ने छन । प्रत्येक खेलका म्यान अफदि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलकातर्फबाट कृष्ण दत भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । अघिल्लो संस्करणबाट मुख्य प्रायोजकका रुपमा आएको जगदम्बा स्टिलले यस वर्षका लागि सम्झौता नवीकरण गरेको हो । प्रतियोगिताको व्यवस्थापनमा जितपुर सिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने क्लबका अध्यक्ष लामाले जानकारी दिनुभयाे।

चैत्र ९ गतेदेखि १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजक नवजन जागृती युवा क्लबले जनाएको छ । सूर्य नेपाल प्रा.लि.को मुख्य सहयोगमा रंगशालामा फ्लड लाइटको क्षमता वृद्धि गरिएको छ । यस वर्ष १० हजार दर्शक क्षमताको प्याराफिट समेत तयार भएकाले प्रतियोगिता हेर्ने दर्शकले समेत थप सहजता प्राप्त गर्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved