कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू, आइफोन १४ प्रो जित्ने मौका

नेपालभ्युज

कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू, आइफोन १४ प्रो जित्ने मौका

काठमाडौं ।  आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारवीच युनिमनीको ‘सेन्ड मनी अन्लाईन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।

विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल ‘www.unimoni.qa’ मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १४ प्रो, ५ जना विजेताले सामसुङ्ग ग्यालेक्सी एस २२ अल्ट्रा साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने कम्पनीले जनाएको छ ।

सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागू हुनेछ ।

कम्पनीका अनुसार उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पेवालेटमा ५० रुपैयाँसम्मको बोनस सुविधा यथावत नै रहनेछ । अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved