गर्मीमा बरफ पानी पिउनुहुन्छ भने हुनुहोस् सावधान

नेपालभ्युज

गर्मीमा बरफ पानी पिउनुहुन्छ भने हुनुहोस् सावधान

एजेन्सी । गर्मीमा धेरैले चिसो पानी पिउन खोज्छन् । कतिपय व्यक्तिलाई बिना बरफको पानी मन पर्दैन ।

तर तपाईलाई थाहा छ यो बानीले एकदमै नोक्सान पुर्‍याउन सक्छ । बरफको पानी तपाईको मुटुको लागि एकदमै नराम्रो हुन्छ ।

  • धेरै चिसो पानीले पाचन प्रक्रियामा पनि प्रभाव पार्छ । यसले रक्तसञ्चार संकुचित बनाउँछ । पाचन प्रक्रिया सुस्त हुँदा खाना राम्रोसँग पच्दैन र पोषक तत्व पनि पाइँदैन ।
  • शरीरको तापमान ३७ डिग्री सेल्सियस हुन्छ र जब तपाई कुनै चिसो चिज पिउनुहुन्छउक्त तापमानलाई नियमित गर्न शरीरलाई केही ऊर्जा खर्च गर्नुपर्ने हुन्छ । धेरै चिसो पानीले हृदयको गति कम हुन जान्छ ।
  • चिसो पानीले हाम्रो घाँटीमा पनि समस्या पार्छ । कहिलेकाँही त आवाज नै नआउने पनि हुन्छ ।
  • बरफ पानी धेरै पिउने गरेमा दाँतमा समस्या देखिन्छ । यसले दाँतहरु सिरिङ-सिरिङ गर्ने समस्या आउँछ ।
  • बरफ पानीले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि नराम्रो असर गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता कम गर्दछ ।
  • बरफ पानी पिउँदा पाचन प्रक्रियामा प्रभाव पार्छ । जसले गर्दा ग्यास्ट्रिक, अपच जस्ता समस्या बढ्दै जान्छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved