परीक्षा दिन हिँडेका ५० जनालाई मौरीले टोक्यो, ६ जना अस्पताल भर्ना

नेपालभ्युज

परीक्षा दिन हिँडेका ५० जनालाई मौरीले टोक्यो, ६ जना अस्पताल भर्ना

एजेन्सी। भारत ओडिशाको केओन्झार जिल्लामा सोमबार कक्षा १० को राज्य बोर्डको परीक्षामा सहभागी हुन परीक्षा केन्द्रमा जाँदै गरेका ५० भन्दा बढी विद्यार्थी र शिक्षकलाई मौरीले टोकेर घाइते बनाएका छन् ।

घटनापछि चार विद्यार्थी र दुई शिक्षकलाई अस्पताल लगिएको अधिकारीहरूले बताएका छन् । हरिचन्दनपुर गर्ल्स हाइस्कुलमा जारी बोर्ड परीक्षाका लागि विद्यार्थी र शिक्षक आफ्नो परीक्षा केन्द्रमा जाँदै गर्दा उक्त घटना भएको हो ।

एक शिक्षकले पीडाको बाबजुद पनि घाइते विद्यार्थी परीक्षामा उपस्थित भएको बताए । अस्पतालमा लगिएका केहीलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको अधिकारीहरुले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved