तनहुँ १ मा कांग्रेसबाट मौरातीको समेत दाबी

नेपालभ्युज

तनहुँ १ मा कांग्रेसबाट मौरातीको समेत दाबी

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनमा कांग्रेसबाट क्षेत्रीय सभापति श्याम मौरातीले पनि दाबी गरेका छन् ।

निर्वाचन आयोगले बैशाख १० गते सबै प्रतिनिधि तथा प्रदेश सभाको रिक्त क्षेत्रमा उप निर्वाचनको तयारी गरेको छ । उपनिर्वाचन हुने भएपछि कांग्रेसका आकांक्षीले आन्तरिक लबिइङलाई तिव्रता दिएका छन् ।

कांग्रेसको संघीय निर्वाचन क्षेत्रमध्ये मौरातीमात्र दलित समुदायबाट निर्वाचित क्षेत्रीय सभापति हुन् । ‘भुगोलमा भिजेको र युवा नेतृत्व भएका कारणले समेत संघीय संसदको उप निर्वाचनमा इच्छा राखेको छु ।’ मौरातीले भने, ‘क्षेत्रीय सभापति समेत भएकाले अन्य आकांक्षी भन्दा बलियो उम्मेदवारको रुपमा आफुलाई उभ्याएको छु ।’

तनहुँको उपनिर्वाचनमा कांगेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई सहित नेविसंघका पूर्व महामन्त्री दीपक भट्टराईले समेत दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved