गगनले भने- म प्रधानमन्त्री बन्ने हो, मन्त्री होइन

नेपालभ्युज

गगनले भने- म प्रधानमन्त्री बन्ने हो, मन्त्री होइन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले मन्त्री होइन, प्रधानमन्त्रीको तयारी गरेको बताएका छन्।

आफू मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पार्दै उनले यस्तो बताएका हुन् । ‘वर्तमान सरकारका आर्थिक प्राथमिकता र समसामयिक राजनीति’ विषयक कार्यक्रममा बोल्दै उनले भने, ‘म मन्त्रीको दौडमा छैन । मन्त्री होइन, प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलको नेताको चुनाव लडेको थिएँ । तर, सकिनँ । अब मन्त्री बन्ने लाइनमा छैन ।’

उनले अबको ५ वर्ष सांसदका रूपमा मात्रै जिम्मेवारी निभाउनेसमेत बताए। ‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । म न मन्त्री बन्छु, न बन्न मिल्छ । मैले सबै काम नेपाली कांग्रेसको महामन्त्री भएर गर्ने हो ।’

कांग्रेस सरकारमा रहिरहेको समयमा सरकारलाई आफूले सफल बनाउन प्रयास गर्ने उनको भनाइ थियो । महामन्त्री थापाले सरकारले परिणाममुखी काम गर्न नसके ५ वर्ष खेर जाने पनि बताए । ‘यो सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ,’ उनले अगाडि भने, ‘पाँच वर्षमा के परिणाम दियौँ र के दिएनौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । नत्र अर्को ५ वर्ष खेर जान्छ । त्यो खेर जानु भनेको तपाईंको, मेरो खेर जानु हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved