सिन्धुली बस दुर्घटना : मृतकको संख्या ६ पुग्यो, पाँचजनाको अवस्था गम्भीर

नेपालभ्युज

सिन्धुली बस दुर्घटना : मृतकको संख्या ६ पुग्यो, पाँचजनाको अवस्था गम्भीर

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका पाँच जनालाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । घाइतेको खुर्कोट अस्पतालमा उपचार भैरहेको छ । सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको थियो ।
भित्तामा चेपिएको बस मेसिन लगाएर उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

चालक भागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved