कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

नेपालभ्युज

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते  भएका नेता एवं प्रतिनिधिसभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । ‘डा भण्डारीको आज पनि फिजियोथेरापी भएको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’, भण्डारीका दाजु मीनप्रसादले भने ।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते  भएका थिए । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved