प्रचण्डविरुद्धको मुद्दामा गम्भीर ध्यानाकर्षण भएको छ : नेपाली जनप्रगतिशील मञ्च जर्मनी

नेपालभ्युज

प्रचण्डविरुद्धको मुद्दामा गम्भीर ध्यानाकर्षण भएको छ : नेपाली जनप्रगतिशील मञ्च जर्मनी

काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च जर्मनीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर गरिएको  मुद्दामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्चका अध्यक्ष गोविन्द भण्डारीले बिहिबार एक  विज्ञप्ति जारी गर्दै तत्कालिन नेकपा माओवादी र सात राजनैतिक दलबीच बृहत् शान्ति सम्झौता सम्पन्न भई मुलुक उक्त प्रक्रियामा प्रवेश गरेको स्मरण गराएका छन् ।

मञ्चले विस्तृत शान्ति सम्झौता नेपालको अन्तरिम संविधान २०६३ को अभिन्न अंग बनिसकेको स्पष्ट पार्दै  गलत उद्देश्यका साथ रिट दायर गरिएको जिकिर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘मुलुकमा शान्ति बहाल हुन नदिन जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई नष्ट गर्न यसको सुरुवातदेखि नै विभिन्न व्यक्ति र शक्ति केन्द्रहरू लागि परेको कुरा न्याय प्रेमी नेपाली जनताबाट लुकेको छैन।’

‘राष्ट्रलाई पुनः द्वन्द्वमा फसाएर आफ्नो आपराधिक स्वार्थको खेती गरिरहेका तत्त्वहरूसँग सम्मानित सर्वोच्च अदालत सचेत नै छ भन्नेमा हामी विश्वस्त छौँ, विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved