नेम्वाङले भेटे देउवा

नेपालभ्युज

नेम्वाङले भेटे देउवा
फाइल फोटो

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपतिका उम्मेदवारहरू मत माग्न विभिन्न दलका नेतालाई भेट्नेक्रममा सोमबार नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले  सभापति देउवा र  उनकी पत्नी आरजु राणालाई भेटेका हुन् ।

स्रोतका अनुसार उक्त  भेटवार्तामा  नेम्वाङले  आफू उम्मेदवार रहेको बताउँदै मत मागेका थिए । जवाफमा  देउवाले  राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेको स्मरण गराएका थिए ।

उनीहरूबीच राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ ।  नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरूमा ठूला दलहरू सहमतिका आधारमा अघि बढ्नुपर्ने बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved