पाकिस्तानी सरकारले इमरान खानका भाषण प्रसारण गर्न टेलिभिजनलाई लगायो प्रतिबन्ध

नेपालभ्युज

पाकिस्तानी सरकारले इमरान खानका भाषण प्रसारण गर्न टेलिभिजनलाई लगायो प्रतिबन्ध

काठमाडौं। पाकिस्तानी सरकारले देशका सम्पूर्ण टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्व प्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरूलाई उनका हरेक गतिविधिहरू प्रसारण गर्नबाट रोकेको हो ।

अथोरिटीले सूचनामा भनेको छ, ‘खानले आफ्ना उत्तेजक बयानहरू मार्फत राज्य संस्था र अधिकारीहरू विरुद्ध निराधार आरोपहरू र घृणापूर्ण भाषण फैलाउँदै थिए, जुन कानुन र व्यवस्था लागि प्रतिकूल छ र सार्वजनिक शान्ति सुव्यवस्थालाई खलल पार्न सक्छ ।’

पूर्व क्रिकेटरसमेत रहेका खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि उनी सरकारप्रति आक्रामक बनेका छन् । आफूमाथि लागेको अनियमितताका आरोप उनले अस्वीकार गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved