अफगान सुरक्षा फौजको कारबाहीमा आईएसका ६ लडाकु मारिए

नेपालभ्युज

अफगान सुरक्षा फौजको कारबाहीमा आईएसका ६ लडाकु मारिए
फाइल तस्वीर

काबुल। अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि ६ जना आईएस लडाकु मारिएका छन् ।

सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका छन् । उनका अनुसार यहाँको सुरक्षा फौजले आईएसविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाकु मारिएका हुन् ।

शनिबार भएको सो कारबाहीका क्रममा मारिनेमा एकजना महिला पनि परेका बताइएको छ । प्रवक्ता इनसाफले हेरात प्रान्तको रबट काबुली गाउँमा आईएसले आश्रयस्थल नै बनाएर हिंसात्मक क्रियाकलाप गरेको सूचनाका आधारमा सो कारबाही गरिएको थियो ।

त्यस कारबाहीमा परेर अरु केही लडाका घाइते पनि भएका छन् । उक्त क्षेत्रमा अफगान सरकारको सुरक्षा फौजले खोजी अभियान सञ्चालन गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved