ए डिभिजन लिग : एपीएफद्वारा थ्रीस्टार २–० ले पराजित

नेपालभ्युज

 ए डिभिजन लिग : एपीएफद्वारा थ्रीस्टार २–० ले पराजित

काठमाडौं। थ्रीस्टार क्लबलाई पराजित गर्दै एपीएफ क्लबले  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

दरशर रंगशालामा सुरु भएको  लिगको आफ्नो पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० ले हराएको हो ।

खेलमा एपीएफलाई जिताउन मणिकुमार लामा र अर्मान्ड विडोमले एक-एक गोल गरे । लामाले ७२औं र अर्मान्ड बिडोमले ८६औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै एपीएफले ३ अंक जोडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved