अभिनेता पल शाहलाई सफाइको फैसलाविरुद्ध अदालत अगाडि प्रदर्शन

नेपालभ्युज

अभिनेता पल शाहलाई सफाइको फैसलाविरुद्ध अदालत अगाडि प्रदर्शन

काठमाडौं। अभिनेता पल शाहलाई बाल यौन दुर्व्यवहारको मुद्दामा उच्च अदालत पोखराले सफाइ दिएको भन्दै केही अभियन्ता र युवतीले अदालत अगाडि प्रदर्शन गरेका छन्।

जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता शाहलाई उच्च अदालत पोखराले फागुन १४ गते सफाइ दिएको थियो। फैसलासँगै १ बर्षको जेल जीवनपछि १५ फागुनमा उनी रिहा भएका थिए।

बाल यौन दुर्व्ययवहारको मुद्दामा न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै उनीहरूले अदालत अगाडि १ घण्टा शान्तिपूर्ण धर्ना र विरोध प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शनमा सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने ?’ ‘पोलेर बोलेको’, ‘बलात्कारलाई प्रवर्द्धन गर्ने संस्कार बन्द गरौं’, लगायतको पम्पलेट बोकेका थिए ।

अभिनेता शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौन दुराचारको अभियोगमा साढे २ वर्षको सजायको फैसला सुनाएको थियो । तर, सो फेसला चित्त नबुझेको भन्दै  शाह उच्च अदालत गएको र त्यसैमा उनको पक्षमा फैसला आएको हो।

नाबालिग बलात्कार अभियोग लागेका शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगमा दोषी ठहर गरेको थियो । पीडितलाई १० लाख क्षतिपूर्तिसहित साढे २ वर्ष जेल सजाय तोकिएकोमा उनले त्यसबाट सफाइ पाएसँगै रिहा भएर काठमाडौं आइसकेका छन्।

२०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहले बलात्कार गरेको भन्दै एक नाबालिकाले उजुरी दिएकी थिइन्। उजुरीपछि फरार भएका शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved