एमालेसँगको गठबन्धन अगाडि जाँदैन भन्ने २६ पुसमै लागेको थियो –प्रधानमन्त्री

नेपालभ्युज

एमालेसँगको गठबन्धन अगाडि जाँदैन भन्ने  २६  पुसमै लागेको थियो –प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमै उभिएर आफूले गरेको संसद् विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफू झस्केको बताएका छन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिने बेलामा एमाले अध्यक्ष ओलीले संसद विघटनलाई प्रश्रय दिने खालको अभिव्यक्ति आउनु नै आश्चर्य भएको समेत दोहोर्‍याए ।‘मलाई त त्यहीबेला झस्का पसेको थियो’ आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने दलका सांसद अभिमुखीकरण भेलामा बोल्दै उनले भने–‘त्यसपछि मैले ओलीजीलाई हामी दुवैको सहमतिमा राष्ट्रपति कांग्रेसलाई दिउँ भने उहाँ झन् छट्पटिनुभयो।’

प्रधानमन्त्री प्रचण्डले भेलामा आफूले केपी ओलीलाई अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र देशको आर्थिक अवस्थालाई हेर्दा कांग्रेसलाई पनि सँगै लिएर जानुपर्छ भनेको तर, कांग्रेसलाई प्रस्ताव गरौं भन्ने कुरा ओलीले नमानेको पनि बताए।

पुस २६ गते ओलीले प्रतिनिधिसभामा गरेको सम्बोधनले आफूलाई चुनावअघिकै गठबन्धन ब्युँताउनुपर्छ भन्ने लागेको र सोहीअनुसार तयारी र सल्लाह गरेको समेत खुलाए। ‘हामीबीच हिजोको तिक्तता पनि थियो । जुन दिन मैले विश्वासको मत लिएकै दिन पनि उहाँले संसद् विघटनका विषयलाई प्रश्रय दिएकाले पनि मलाई झन् चस्का पस्यो। पछि उहाँ आफ्नो कारणले जानुभयो।’

अहिले पुरानो गठबन्धन ब्युँतिएपछि जनता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति पनि खुसी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेल नै उपयुक्त उम्मेदवार भएको र सबैले जिताउनुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved