भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्की बाट फर्किए

नेपालभ्युज

भूकम्पपछि ४० हजारभन्दा बढी सिरियाली शरणार्थी टर्की बाट फर्किए

अङ्कारा । टर्कीमा  रहेका झन्डै ४२ हजार सिरियाली शरणार्थीहरू यहाँ गएको शक्तिशाली भूकम्पपछि स्वेच्छाले स्वदेश फर्किएको टर्कीका रक्षामन्त्री हुलुसी अकारले मंगलबार जानकारी दिएका छन् ।

यही फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट प्रभावित र दक्षिणी टर्कीमा ‘आफ्ना घर, बालबालिका र आफन्त गुमाएका’ सिरियालीहरू स्वदेश फर्किरहेको दक्षिणी हाते प्रान्तमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हुलुसीले मंगलबार जानकारी दिएका हुन् ।

सन् २०११ मा गृहयुद्ध सुरु भएपछि आफ्नो देशबाट भागेका लगभग ३५ लाख सिरियाली शरणार्थीहरू टर्कीमा रहेका छन् । लगभग आधा शरणार्थीहरूले विनाशकारी भूकम्पबाट प्रभावित दक्षिणी टर्कीमा शरण लिएका छन् ।

टर्की सरकारले गत वर्ष सिरियाली शरणार्थीहरूलाई आफ्नो मातृभूमिमा पूर्णरूपमा फर्कन प्रोत्साहित गर्न दुई छिमेकी देशबीचको राउन्डट्रिप गर्न अस्थायी सुरक्षा अनुमतिका साथ प्रतिबन्ध लगाएको थियो । त्यसपछि सरकारले भूकम्पपछि शरणार्थीहरूका लागि आवतजावत गर्ने यात्रा प्रतिबन्धलाई पनि खुकुलो बनाएको छ ।

फेब्रुअरी ६ मा टर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्की  र सिरियामा ४६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved