नेसपाको समर्थन पौडेललाई

नेपालभ्युज

नेसपाको समर्थन पौडेललाई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई मत दिने भएको छ ।

सो पार्टीको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो । बैठकले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको नेसपाले जनाएको छ ।

गत मंसिर ४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर निर्वाचन लडेको नेसपाका संघीय संसदमा महेन्द्र राय रादवसहित २ र प्रदेश सभामा २ जना सांसद छन्।

सो पार्टीको बागमती प्रदेश सभामा आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका गंगानारायण श्रेष्ठ र गण्डकी प्रदेश सभामा फणिन्द्र देवकोटा सांसद छन्। राष्ट्रपति चुनावमा नेसपाको मतभार २५४ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved