नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने ८ दलको निर्णय

बैठकमा उपस्थित कांग्रेस सहितका ८ दलहरुले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने सहमति भएको हो ।

नेपालभ्युज

नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने ८ दलको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने भएको छ । शुक्रवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ८ दलको बैठकमा सो निर्णय भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बैठकमा राष्ट्रपतिको विषयमा मात्रै छलफल भएको बताए ।

उनले प्रधानमन्त्रीले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने प्रस्ताव राखेको र सबै ८ दलले सहमति जनाएको बताए ।

‘एउटा विषयमा मात्रै छलफल भयो । प्रधानमन्त्रीले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई सहयोग गरौँ भनेर प्रस्ताव गरे’ उनले भने, ‘त्यसमा ८ दलले नेपाली कांग्रेसको उम्मेदवारलाई यस पटकको राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने टुंगो लागेको छ ।’

बैठकमा उपस्थित कांग्रेस सहितका ८ दलहरुले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने सहमति भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved