लोसपाका नेताले भेटे प्रधानमन्त्री, ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माग

नेपालभ्युज

लोसपाका नेताले भेटे प्रधानमन्त्री, ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माग

काठमाडौं  ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता र  प्रधानमन्त्री प्रचण्डबीच  भेटवार्ता भएको छ । मंगलबार लोपसापका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवटारमा भेटेका हुन् ।

उक्त भेटमा लोसपका नेताहरुले  अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माग गरेको लोसपाका प्रवक्ता केशव झाले बताए ।

उनले भने, ‘हामीले महन्थ ठाकुरलाई राष्ट्रपतिको सहमतिको उम्मेदवार बनाउन माग गर्‍यौं, जवाफमा प्रधानमन्त्रीले यस विषयमा  कांग्रेस एमालेसहितका दलहरुसँग आज भोलि नै छलफल गर्ने बताउनुभयो ।’

भेटमा लोसपका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरु सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved