सांसदका छोराले सेल्फी खिच्न नपाएपछि भारतीय गायक सोनु निगममाथि आक्रमण

नेपालभ्युज

सांसदका छोराले सेल्फी खिच्न नपाएपछि भारतीय गायक सोनु निगममाथि आक्रमण

काठमाडौं। सेल्फी खिच्न नपाएको झोंकमा एउटा समूहले भारतीय गायक सोनु निगममाथि मुम्बईको सांगीतिक कार्यक्रममा आक्रमण गरेको छ ।

मुम्बईको चेम्बुरमा आयोजित कन्सर्टमा सोनु र उनको टोलीमाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोनुमाथि आक्रमण भएको भिडियो समेत सामाजिक सञ्जालमा देख्न सकिन्छ । जसमा सोनुको टोलीका एक व्यक्तिलाई स्टेजबाट तल धकेलिएको र सोनुले प्रस्तुति दिइरहेको बेला शिव सेना पार्टीका एक विधायकले आक्रमण गरेको आरोप पनि छ । ती विधायकका छोराको सोनुसँग सेल्फी खिच्ने इच्छा पूरा हुन नपाएपछि स्टेजमा आक्रमण गरेको खबरमा उल्लेख छ ।

सुरक्षा गार्डले आक्रमणको स्थितिलाई नियन्त्रणमा ल्याउन प्रयास गर्दा अन्य केही घाइते भएका छन् । घटनाबारे उजुरी दिन सोनु प्रहरी कार्यालयमा पुगेका थिए । उजुरी दिएर गायक सोनु मुम्बई विमानस्थलबाट दिल्ली गएको बताइएको छ ।

तर, भारतीय सञ्चारमाध्यम बलिउड हंगामाले भने आक्रमणपछि चोटपटक लागेकाले सोनुलाई पनि अस्पताल पुर्‍याइएको जनाएको थियो । सो घट्नाबारे अर्को एक भिडियोमा सोनु निगमलाई कारबाट ओर्लिएर विमानस्थल प्रवेशद्वारतर्फ जाँदै गरेको देख्न सकिन्छ ।

भिडियोमा गायक सोनुलाई आर्मी प्रिन्ट ज्याकेट र पाइन्टमा देख्न सकिन्छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved