बुद्धको जहाजमा चरा ठोक्किएको भिडिओ भाइरल (भिडिओसहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुन लागेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ। सोमबार अपराह्न बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको भिडिओ टिकटकलगायतसामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

नेपालभ्युज

बुद्धको जहाजमा चरा ठोक्किएको भिडिओ भाइरल (भिडिओसहित)

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुन लागेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ। सोमबार अपराह्न बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको भिडिओ टिकटकलगायतसामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

फेसबुकमा ‘इस्यु ब्रो’ नामक प्रयोगकर्ताले सोमबार अपराह्न अपलोड गरिएको भिडिओ भाइरल भएको छ। त्यो भिडिओ टिकटकमा समेत भाइरल छ।

यसबारे पोखरा विमानस्थल र बुद्ध एअर कसैले पनि आफ्ना धारणा सार्वजनिक गरेका छैनन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले भने यो घटनाबारे विमानस्थलमा कुनै जानकारी नआएको बताए।

उड्डयन क्षेत्रमा समस्या, पाइलटले पाएनन् तीन महिनादेखि तलब

भिडिओमा कमेन्ट गर्नेहरूले पोखरा महानगरपालिकाको फोहोर फाल्ने ठाउँ विमानस्थल नजिक हुँदा चराहरू बढेको भन्दै मेयर धनराज आचार्यलाई फोहोर व्यवस्थित बनाउन आग्रह गरिएको छ।

नेपालमा जहाजसँग चरा ठोक्किने घटनामध्ये सबैभन्दा बढी जहाज अवतरण गर्दा हुने गरेको छ।

जाडोयाममा जहाजको रुट तथा धावनमार्ग वरिपरि अन्य समयका तुलनामा चरा बढी घुम्ने गर्छन्। विमानस्थल वरपर हुने फोहोर र मासुजन्य परिकारको प्रयोगले पनि जहाजमा चरा ठोक्किने घटना निम्तिने गरेको छ। विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवामा चरा ठोक्किएको घटनाबाट हालसम्म ठूलो क्षति नभए पनि उडानमा चुनौती हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved