उड्डयन क्षेत्रमा समस्या, पाइलटले पाएनन् तीन महिनादेखि तलब

गुण एअरलाइन्सको उडानमा प्रतिबन्ध, अरूमा पनि संकट

नेपाली आकाशमा उडान भरिरहेका धेरै एअरलाइन्स कम्पनीले समयमा ‘पाइटल र क्रु मेम्बरसहितका कर्मचारीलाई तलब भुक्तान गर्न सकेका छैनन् । एअरलाइन्सले सेवा शुल्कसमेत नतिरेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ।

उड्डयन क्षेत्रमा समस्या, पाइलटले पाएनन् तीन महिनादेखि तलब

काठमाडौं। पाइलटसहितका कर्मचारीलाई तीन महिनादेखिको तलब दिन नसकेपछि निजी वायु सेवा कम्पनी गुण एअरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको छ।

‘पाइटल र क्रु मेम्बर’लाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले अनिश्चित कालको लागि गुणको सातवटै जहाज ग्राउन्डेड गरिदिएको हो।

नेपाली आकाशमा उडानमा रहेका एअरलाइन्सहरूले समयमै तलब दिन नसक्नु अब सामान्यजस्तै बनिरहेको छ। आर्थिक संकटको सामना गर्न नसकेर तलब खुवाउन नसकेको गुण एअरलाइन्स पहिलो भने होइन।

नेपाली आकाशमा उडान भरिरहेका धेरै एअरलाइन्स कम्पनीले समयमा ‘पाइलट र क्रु मेम्बरसहितका कर्मचारीलाई तलब भुक्तान गर्न सकेका छैनन्। आर्थिक भार थेग्न नसकेर पर्याप्त पाइटल र क्रु मेम्बरसहितका कर्मचारी नियुक्त गर्न नसकेका एअरलाइन्सले सीमित कर्मचारीसमेत थेग्न सकेका छैनन्।

कतिपय एअरलाइन्स कम्पनीका सञ्चालक वैकल्पिक व्यवसायको खोजीमा छन्। आर्थिक संकटको घोषणा गरेर नभई आर्थिक रूपमा कङ्गाल भएर सेवा सञ्चालन गर्नै नसक्ने अवस्था आएपछि उनीहरू गुपचुप बाहिरिन  लागेको बताइन्छ। उनीहरूले कर्मचारीलाई तलब भुक्तान गर्न नसकेका मात्र होइनन्, सरकारलाई सेवा शुल्कसमेत तिर्न नसकेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका एक उच्च अधिकारीले भने ‘‘पाइटल र क्रु मेम्बरलाई महिनौंसम्मको तलब दिन नसकेको उजुरी परिरहेको छ। अडिट रिर्पाेटमा पनि प्रस्ट देखिएको छ। कतिपयले हामीलाई तिर्नुपर्ने रकमसमेत तिर्न सकेका छैनन्। कतिपय एअरलाइन्सका सञ्चालक अहिले सम्पर्कमै छैनन्।’’

विषेशगरी, कोरोना महामारीपछि हवाई सेवा कम्पनी संकटमा रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। उनले भने ‘‘कोरोना महामारीमा धेरै समय बन्द भयो। आवश्यक स्वास्थ्य मापदण्डका साथ जोखिम कम हुने गरेर सेवा सञ्चालन गर्छौं भन्दा पनि धेरै पछि मात्रै उडाउन दिइयो। अहिले पनि विभिन्न समस्या आइरहेका छन्। कतिपय कम्पनीका जहाज दुर्घटनामा परेकाले ठूलो असर परेको छ। खर्च धेरै छ, आम्दानी न्यून छ। धेरै कम्पनीले थेग्न सकिरहेका छैनन्।’’

‘विमान थोत्रो’ भएकै कारण दुर्घटना भएको हो त रु के भन्छन् विज्ञ ?

सातवटा जहाज भएको गुणलाई किन लगाइको प्रतिबन्ध ?

आर्थिक समस्याका कारण सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको एअरलाइन्समध्ये एक हो गुण । सातवटा विमान रहेको सो कम्पनीले पाँचवटा विमान बेच्ने प्रक्रिया अघि बढाएको छ।

बाँकी २ वटा मात्रै सञ्चालन गर्ने तयारी गरेको छ। करोडौंको ऋण, मासिक करोडौँ खर्च सीमित आम्दानीले धान्न नसकेको कम्पनीका एक अधिकारी बताउँछन्।

तर, एअरलाइन्स कम्पनीले भने उडान बन्द हुनुलाई अरु नै कारण भन्दै आएका छन्। गत मंगलबारदेखि सेवा बन्द गरेको गुण एअरलाइन्सले स्पेयर पार्ट्सको अभाव र पाइलट तालिममा गएको बहाना बनाएको छ।

कम्पनीका एक अधिकारी प्रज्वल थापा भन्छन् ‘‘पाँच वटा जहाज विदेशी कम्पनीलाई बेच्ने तयारीमा छौँ। यसको लागि आन्तरिक परीक्षण गरिरहेका छौँ। बाँकी दुईवटा जहाज मर्मत भइरहेको छ। पार्टस आउन बाँकी छ। ती सबै काम सकिएपछि आउँदो आइतबारदेखि सोमबारसम्म हामीले उडान सुरु गर्नेछौँ।’’

एअरलाइन्सले पार्टस् अभाव र तालिमका कारणले गर्दा उडान बन्द गर्नुपरेको दाबी गरे पनि यो विषय आर्थिक संकटसँग जोडिएको बताइन्छ ।

गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रिम छ। पुरानो सिम्रिक एअरलाइन्ससँग रहेका दुई वटा १८ सिट क्षमताको गरी सातवटा जहाज छन्। सात वटा जहाज भए पनि यसअघि पनि गुणले तीन वटाभन्दा बढी जहाज उडान गर्न सकेको थिएन।

उड्यन प्राधिकरणका अनुसार आर्थिक संकटबाट गुज्रिरहेको गुण एअरलाइन्सले कर्मचारीको सेवा सुविधा दिन सकेको छैन। जसका कारण कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गरिएको प्राधिकरण प्रवक्ता जगन्नाथ निरौला बताउँछन्।

उनले भने ‘‘आन्तरिक रूपमा समस्यामा परेकाले गुणका सातवटै विमानलाई उडानमा रोक लगाइएको छ। पाइटललगायत कर्मचारीलाई तलबसमेत दिन नसकेको अवस्था रहेछ। तलब नपाएका पाइलट तथा कर्मचारीले उडान सञ्चालन गर्दा हवाई सुरक्षामा प्रभाव पर्ने भन्दै रोक लगाएको हो। समस्या समाधान भएपछि उड्नेछन्।’’

वायुसेवा सञ्चालक संघका प्रवक्ता शर्माले पनि गुणले तीन महिनाको तलब दुई साताभित्र दिने सहमति भएको बताए।

उनले भने ‘‘उहाँहरूले पाइलटलगायत कर्मचारीहरूलाई तीन महिनाको तलब दिन सक्नुभएको छैन। १० देखि १५ दिनभित्र सबै तलब क्लियर गर्छु भन्नुभएको छ। त्यो तलब दिइसकेपछि उडान हुनेछ। यो समस्या गुण एअरमा मात्र होइन, धेरै एअरलाइन्समा समस्या छ। कोरोना महामारीपछि धेरै समय एअरलाइन्स बन्द भयो। अझै लयमा फर्किएको छैन। कतिपय जहाज दुर्घटना भइरहेका छन्। धेरै क्षति भइरहेको छ। यसले एअरलाइन्स घाटामा छ।’’

बुद्धको जहाजमा के भएको हो ? किन दोहोरिइरहन्छ ?

एअरलाइन्सको आर्थिक अवस्थाको सम्बन्ध उडान सुरक्षासँग

अहिले आन्तरिकतर्फ दैनिक ३०० हाराहारी उडान भइरहेको छ। आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । उनीहरूसँग भएका ३४ हेलिकोप्टर र करिब ५० बढी जहाजले उडान भर्दैआएका छन् ।

कोरोना महामारीले उड्यन क्षेत्र नराम्रोसँग प्रभावित बन्यो। कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रूपमा सरकारले देशभर लागू गरेको बन्दाबन्दीका कारण ५ महिना आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान ठप्प भए।

अर्बौं रुपैयाँ लगानी गरेर खरिद गरिएका जहाज उडाउन नपाउँदा उड्यन कम्पनी समस्यामा परेको जानकार बताउँछन्।

 

३० मिनेटमा ल्यान्ड हुनुपर्ने बुद्धको जहाज ९० मिनेट आकाशमै

७२ सिटे बुद्धको जहाजले एकजना मात्रै यात्रु लिएर उड्यो विराटनगर

नेपालको उड्डयन क्षेत्रमा ७४ वर्षपछि बनेको इतिहास (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved