राष्ट्रपति चुनावबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

राष्ट्रपति उम्मेदवारको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पार्टीको पदाधिकारी बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार अपराह्न बैठक बोलाएका हुन्।

नेपालभ्युज

राष्ट्रपति चुनावबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं। राष्ट्रपति उम्मेदवारको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पार्टीको पदाधिकारी बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार अपराह्न बैठक बोलाएका हुन्।

माओवादीले  सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिए ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चयन लगायतका विषयमा बैठकमा छलफल गरिने उनले बताए ।

नेपाली कांग्रेसले नयाँ गठबन्धन भत्काएर पुरानै कायम राख्न प्रस्ताव गरेपछि प्रचण्डले बैठक बोलाएका हुन्। १० पुसमा कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले राष्ट्रपतिको निर्वाचनसँगै कांग्रेससँगको सहकार्य अघि बढाउन चाहन्छन्।

हिजो राति कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला आइतबार साँझ बालुवाटार पुगेका थिए।
भेटमा कांग्रेसका तर्फबाट नेताहरूले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न आग्रह गरेका थिए।

जवाफमा प्रधानमन्त्री दाहालले त्यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएपछि आज पार्टीको बैठक बोलाएका हुन्।

राष्ट्रपतिको निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयन दर्ता छ। बैठकमा नेताहरुबीच त्यसअघि संवादमार्फत निर्णयमा पुग्ने सहमति भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved