पोखरामा भएको बस दुर्घटनामा कम्तिमा ४९ जना घाइते

पोखरा महानगरपालिका वडा नम्बर २७ मा पर्ने डाँडाको नाक भन्ने स्थानमा बस खोंचमा खसेको प्रहरीले जनाएको छ । 

नेपालभ्युज

पोखरामा भएको बस दुर्घटनामा कम्तिमा ४९ जना घाइते

पोखरा । पोखरा महानगरपालिकामा आज दिउँसो भएको बस दुर्घटनामा ४ दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।

बेगनास-पोखरा सडकखण्डमा ग १ ख ६७४७ नम्बरको बस दुर्घटना भएको हो । पोखरा महानगरपालिका वडा नम्बर २७ मा पर्ने डाँडाको नाक भन्ने स्थानमा बस खोंचमा खसेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म ४९ जना घाइतेको उद्दार गरेर अस्पताल पुर्‍याइएको छ । ति मध्ये ४० जनाको गण्डकी स्वास्थ्य प्रतिष्ठान र पाँच जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिप्रका कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । अन्य चारजनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीमा जानकारी पुगेको उनले बताए ।

घाइतेलाई धेरैतिरका अस्पतालमा लगिएकाले संख्या अझै एकीन भइनसकेको प्रहरी निरीक्षक खड्काले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved