ऐन, कानुन बनाउनेतर्फ संसदको ध्यान जान सकेको छैन : सभामुख घिमिरे

नेपालभ्युज

ऐन, कानुन बनाउनेतर्फ संसदको ध्यान जान सकेको छैन : सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले ऐन, कानुन बनाउनेतर्फ संसदको ध्यान जान नसकेको बताएका छन्।

आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐन, कानुन बनाउनेतर्फ संसदको ध्यान जान नसकेको बताएका हुन्। देशमा धेरै ऐन, कानुनहरू बनाउनुपर्ने आवश्यकता भए पनि त्यसो हुन नसकेको उनले बताए।

सरकारले संसदलाई उचित ढंगले नहेरेको उनको भनाइ छ। सभामुख घिमिरेले कतिपय कुराहरू न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताए । उनले कार्यपालिका र व्यवस्थापिकाका बीचमा समन्वय हुनुपर्ने बताए। ऐन, कानुन कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘अहिले हाम्रो देशमा धेरै कुराहरू त ऐन, कानुन बन्ने कुरामा अभाव नै देखिएको छ । यद्यपि, हामीले धेरै ऐनहरू बनाउने काम गरेका छौं। तर, बनेका ऐनहरूले त्यतिबेलाकै कामहरू गर्न कार्यान्वयनका रूप कति लिएका छन् भन्ने कुरा हाम्रा विभिन्न प्रणाली, खासगरी संसदीय प्रणालीभित्र अपनाइने विभिन्न खालका समितिहरू र तरिकाहरूबाट त्यसको अनुगमन निष्पक्ष ढंगबाट हुन कतिपय कारणले सकिरहेको छैन । संसदको ध्यानपनि त्यतातिर धेरै जान सकिरहेको छैन ।’

उनले बनेका ऐनहरूको कार्यान्वयनको अवस्थाको सन्दर्भमा निष्पक्ष ढंगले अनुगमन पनि हुन नसकेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved