तेलुगु अभिनेता तारक रत्नको ३९ वर्षको उमेरमा निधन

नेपालभ्युज

तेलुगु अभिनेता तारक रत्नको ३९ वर्षको उमेरमा निधन

तेलुगु फिल्म अभिनेता नन्दमुरी तारक रत्नको बेंगलुरुको एक अस्पतालमा निधन भएको छ । गत महिना हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको शनिबार राति निधन भएको हो।

३९ वर्षीय तारक रत्न प्रख्यात फिल्म अभिनेता जुनियर एनटीआरका काकाका भाइ र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामा रावका नाति थिए ।

उनको असामयिक निधनपछि चलचित्र तथा राजनीतिक जगतका धेरैले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । कर्नाटकका स्वास्थ्य मन्त्री तथा भाजपा नेता डा. के सुधाकरले सामाजिक सञ्जाल ट्विटरमा उनको आत्माको चीर शान्तिको कामना गरेका छन् ।

फिल्म अभिनेता अल्लु अर्जुनले ट्विटमा लेखेका छन्, ‘तारक रत्न गारु (आदरणीय) को निधनको खबरले मन दुखेको छ । चाँडै गए । उनका परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना । उनको आत्माले शान्ति पाओस् ।’
तेलुगु सुपरस्टार महेश बाबुले लेखेका छन्, ‘तारक रत्नको असामयिक निधनले स्तब्ध र गहिरो दुःखी छु । निकै छिटो गयौ भाइ… दुःखको यो घडीमा मेरो समवेदना र प्रार्थना उनको परिवार र प्रियजनसँग छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved