अनेरास्ववियूलाई स्ववियू निर्वाचनको तयारीमा जुट्न ओलीको निर्देशन

नेपालभ्युज

अनेरास्ववियूलाई स्ववियू निर्वाचनको तयारीमा जुट्न ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पार्टी निकट  विद्यार्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिएका छन् ।

अनेरास्ववियूको नवनिर्वाचित केन्द्रिय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सपथग्रहण गराउने क्रममा उनले तत्काल स्ववियू निर्वाचनको तयारीमा जुटनुपर्ने अवस्था रहेको बताएका हुन्। स्ववियू निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ ।

सो निर्वाचनका लागि आजैबाट अनेरास्ववियूले काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । उनले स्ववियू निर्वाचनमा टिक्न नसकेकै कारण नेविसंघको जन्म भएको उल्लेख गर्दै उसलाई परास्त गर्नेगरी अन्य संगठनहरुसँगको सहकार्यलाई अघि बढाउन पनि अनेरास्ववियू सफल हुने विश्वास व्यक्त गरे ।

‘फेरी चैत्र ५ गते स्ववियू निर्वाचन आउँदैछ, नेविसंघ स्ववियू निर्वाचनमा टिक्न नसकेर जन्मेको संगठन फेरी भिडन आउँदैछ’, ओलीले भने,  तपाईहरुले स्ववियूको निर्वाचनमा जाँदा अहिले नै एक महिना बाँकि छँदै तयारी गर्नुस्,  शालिन र नम्र व्यवहार गर्नुस् ।’

ओलीले अनेरास्ववियूका नेताहरुलाई अहंकार नलिई काम गर्न पनि आग्रह गरे । अहंकार र दम्भले आफैं सकिने भएकाले अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले त्यस्ता खालको गतिविधि गर्न नहुने उनले बताए। अनेरास्ववियूको हालै सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ केन्द्रिय कमिटी चयन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved