वडाको सिफारिसमा कार्यालय सहयोगीको हस्ताक्षर

नेपालभ्युज

वडाको सिफारिसमा कार्यालय सहयोगीको हस्ताक्षर

सुर्खेत । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा वडाले दिने सिफारिसमा कार्यालय सहयोगीले हस्ताक्षर गर्ने गरेको भेटिएको छ । अझ वडाध्यक्षले नै कार्यालय सहयोगीलाई हस्ताक्षर गर्ने जिम्मा दिएको पाइएको छ ।

सान्नित्रिवेणी गाउँपालिका–९ का कार्यालय सहयोगी निल तिरुवाले वडाबाट दिइने सिफारिसमा आफुले हस्ताक्षर गर्ने गरेका छन् । वडाध्यक्ष नभएको अवस्थामा कार्यवाहक वडाध्यक्षले दिने सिफारिसमा कार्यालय सहयोगीले हस्ताक्षर गर्ने गरेका छन् ।

वडाध्यक्ष नरपति तिरुवा कामले संघीय राजधानी काठमाण्डौ गएको मौका पारि कार्यालय सहयोगी निल तिरुवाले सिफारिस दिएको खुलेको छ ।

आफु कामले संघीय राजधानी काठमाण्डौ आएकाले कार्यालय सहयोगीलाई सिफारिस दिनु भनेको वडाध्यक्ष नरपति तिरुवाले बताए । ‘आफुले कार्यवाहक वडाध्यक्ष कसैलाई नदिएकाले स्थानीय नागरिकलाई काममा समस्या हुन नदिन कार्यालय सहयोगीलाई हस्ताक्षर गरेर सिफारिस दिनु भनेको हुँ ।’ उनले भने ।

कार्यालय सहयोगीले आफ्नो हस्ताक्षरमा नागरिकताको प्रमाणपत्र र फरक फरक प्रमाणितका सिफारिस दिएका छन् । प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले वडाबाट वितरण गरिने सिफारिसमा कर्मचारीले हस्ताक्षर गर्न नपाउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved