मजदुरले आन्दोलन फिर्ता लिएपछि उपत्यकामा सार्वजनिक यातायात खुल्यो

आज बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएको वार्तामा सहमति भएपछि यातायात खुलेको हो।
सोमबार बेलुकादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन सुचारु भएका हुन्।

नेपालभ्युज

मजदुरले आन्दोलन फिर्ता लिएपछि उपत्यकामा सार्वजनिक यातायात खुल्यो

काठमाडौं। सार्वजनिक यातायातसम्बद्ध मजदुर संगठनले आन्दोलन फिर्ता लिएपछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सुचारु भएका छन्। आज बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएको वार्तामा सहमति भएपछि यातायात खुलेको हो।
सोमबार बेलुकादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन सुचारु भएका हुन्।

वार्ताका क्रममा मन्त्री श्रेष्ठले व्यवसायीका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिएका थिए। काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीकाअनुसार अहिले सार्वजनिक सवारी साधन सुचारु भइसकेका छन्।

सोमबार बालाजु बसपार्कमा प्रहरी र मजदुरबीच भएको झडपका क्रममा प्रहरीका गाडी आगजनी, लोत्से बहुउद्देश्यीय प्रालिमा तोडफोड भएको थियो। ट्राफिक जरिवानालगायतका विषयमा आज दिउँसो यातायात व्यवस्था विभागमा पुनः वार्ता हुँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved