पुरानो सहमति कायम भए रास्वपा सरकारमा जाने

नेपालभ्युज

पुरानो सहमति कायम भए रास्वपा सरकारमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सत्तारुढ दलहरूले पुरानो सहमति कायम गरे मात्र सरकारमा जाने भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि निर्णय सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पुरानो सहमति कार्यान्वयन नभई सरकारमा नजाने बताए ।

उनले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारे। उनले सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरेपनि पार्टीसँग भएको

‘सहमति तोडिएको जस्तो आभाष भइसकेपछि हामी सरकारबाट बाहिरिएका हौँ,’ उनले भने, ‘पुनः सहमति हुनसक्यो र जनताको काम गर्ने अवसर आए हामी जान पनि सक्छौँ ।’

त्यस्तै बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति सदस्य २४ जनाबाट बिस्तार गरेर ४० जनाको बनाएको छ । आज नयाँ केन्द्रीय समिति सदस्यका रुपमा १६ जना चयन गरेको हो ।

मनोनित हुनेमा निशा मेहता, विन्द्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हीत विभाग लगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन भएको उपमहासचिव बर्तौलाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved