इंग्लिस प्रिमियर लिग : युनाइटेडले लिड्सलाई हरायो, एस्टन भिल्लामाथि सिटीको शानदान जीत

नेपालभ्युज

इंग्लिस प्रिमियर लिग : युनाइटेडले लिड्सलाई हरायो, एस्टन भिल्लामाथि सिटीको शानदान जीत

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा गएराती भएका खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

म्यानचेस्टर युनाईटेडले लिड्स युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा मार्कुस राषफोर्ड र एलेजान्ड्रो गर्नाचोले एक एक गोल गरे ।

खेलको ८० औं मिनेटमा राषफोर्डले र ८५ औं मिनेटमा गर्नाचोले गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए । जितसँगै युनाईटेडले २३ खेलमा ४६ अंक जोडेर तेस्रो स्थानमा कायमै छ ।

अर्को खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोलले हरायो । उसका लागि रोड्री,गुन्डोगान र मेहरेजले एक एक गोल गरे । भिल्लाका वाटकिन्सले एक गोल फर्काए  ।

सिटी ४८ अंकसहित दोस्रो स्थानमा छ । भिल्ला २८ अंकसहित ११ औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved