वनमा फेला पर्‍यो मानव अस्थिपञ्जर, लिङ्ग पहिचान भएन

नेपालभ्युज

वनमा फेला पर्‍यो मानव अस्थिपञ्जर, लिङ्ग पहिचान भएन
प्रतिकात्मक तस्बिर

दमौली । तनहुँको व्यास नगरपालिका–११ निर्वु सामुदायिक वनमा आज एक मानव अस्थिपञ्जर फेला परेको छ । सामुदायिक वनमा एक अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

टाउको छुटिएको अवस्थामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । लिङ्ग पहिचान नभएको र घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए ।

‘स्थानीयबासीबाट जानकारीमा आएपछि मुचुल्का गरेर अस्थिपञ्जर ल्याएका छौँ, यसबारे अनुसन्धान गरेका छौँ’, उनले भने । घटनास्थलमा प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved