अटोमोबाइल्सलाई विलासिताको वस्तु मात्रै भन्न मिल्दैन–अर्थमन्त्री पौडेल

नेपालभ्युज

अटोमोबाइल्सलाई विलासिताको वस्तु मात्रै भन्न मिल्दैन–अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभईआवश्यकताको वस्तु भएको बताएका छन् ।
नाडा अटो मोबाइल्स एसोसिएसन नेपालको ४६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुनेमा जोड दिए ।

अर्थमन्त्री पौडेलले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने पनि बताए । लामो समयदेखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडा अटो मोबाइल्स एसोसिएसनले गर्दै आएको मागमा सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भए पनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे ।

नअर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक रहेकोमा जोड दिए । नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको पनि उनको भनाइ थियो ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताए । राज्यलाई सबैभन्दा बढी
राजश्व तिर्ने क्षेत्र अटोमाबाइल्स रहेको भन्दै उनले अटो व्यवसायीहरूले एउटा सवारी साधन आयात गरेर नेपाल ल्याउँदा सरकारका ६ वटा
निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको बताए ।

अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरे पनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको उनको गुनासो थियो । उनले वर्तमान सरकार आएपश्चात् व्यवसायी उत्साही बने पनि अटो व्यापार ८० प्रतिशतले घटेको बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved