पल शाह मेरा लागि शाहरुख खानः पूजा शर्मा

नेपालभ्युज

पल शाह मेरा लागि शाहरुख खानः पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्माले अभिनेता पल शाह आफ्नो लागि शाहरुख खान भएको बताएकी छन् ।  शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गरिएको चलचित्र मनसँग मनको विशेष शो  सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री शाहले यस्तो बताएकी हुन् ।

शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताउँदै उनले पललाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गरिन् । उनले पलमा कलाकारमा हुनुपर्ने सबै गुण रहेको  बताईन्  । उनले भनिन्, ‘पल आलु हो, जसरी आलु सबै तरकारीमा मिल्छ, त्यसरी नै पल पनि नेपाली चलचित्र क्षेत्रमा आलु जस्तै हो, उ सबैसँग मिल्छ, मैले पल नहुँदा अहिले धेरै मिस गरिरहेको छु । ‘

कार्यक्रममा अभिनेता पुष्प खड्काले यसअघिका फिल्ममा फिल्म नचलेपछि पैसा फिर्ता गर्नुभएको थियो, यो फिल्ममा के गर्नुहुन्छ  ? भन्ने सञ्चारकर्मीको प्रश्नमा सबै फिल्म नचल्दैमा पैसा फिर्ता गर्ने हो भने घरखेत बेच्नुपर्ने
भन्दै ठट्टा गरे । उनले पहिलो फिल्ममा पैसा फिर्ता गरेको कारण कोरोनाको महामारी रहेकोले आर्थिक उपार्जन हुन नसकेकाले पैसा फिर्ता गरेको बताए ।
उनले भने, ‘सबै फिल्म चलेन भने पैसा फिर्ता गर्छु भन्दा त भएको घर खेत नै बेचेर आउनुपर्छ । पहिलो फिल्म कोरोनाको थियो, सो बेलामा चलचित्र चल्ने र व्यापार गर्ने सम्भावना कम नै थियो त्यसलाई मध्यनजर गरेर नै मैले त्यो निर्णय लिएको हुँ ।’

आजबाट प्रदर्शन भएको चलचित्रमा कलाकारहरु पुष्प खड्का र वर्षा शिवाकोटीका साथै  पल शाह र पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् । फिल्ममा वर्षा र पुष्पको अलवा वुद्धि तामाङ, रविन्द्र झाको मुख्य भुमिका छ । सौरभ
इन्टरटेन्मेन्ट र बालाजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved