उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

राष्ट्रपति निर्वाचन र वर्तमान राजनीतिक विषयमा छलफल गर्न सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ।

नेपालभ्युज

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं। राष्ट्रपति निर्वाचन र वर्तमान राजनीतिक विषयमा छलफल गर्न सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बैठक ३ बजे बालुवाटारमा बस्नेछ।

सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउने कि नपाउने भन्ने अनिश्चित भएको तथा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो।

संयन्त्रमा प्रधानमन्त्री दाहाल र ओलीका अलवा रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत छन्।

संयन्त्रमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ र ओलीका अलवा रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत छन्।

यसअघि दाहाल ओलीसँग छलफल गर्न बुधबार बिहान बालकोट पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved