उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, राष्ट्रपतिदेखि सुदूरपश्चिम सरकारसम्मका एजेन्डा

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज विहीबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । संयन्त्रको बैठकमा सत्ता गठबन्धनको भावि रणनीति, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा सहभागिता र राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ । 

नेपालभ्युज

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, राष्ट्रपतिदेखि सुदूरपश्चिम सरकारसम्मका एजेन्डा

काठमाडौं। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज विहीबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

संयन्त्रको बैठकमा सत्ता गठबन्धनको भावि रणनीति, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा सहभागिता र राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

राष्ट्रपतिको उम्मेदवार र सुदूरपश्चिम सरकारलाई विश्वासको मतको बारेमा पनि बैठकमा छलफल हुनेछ ।

ओली निवास बालकोटमा बुधबार विहान भएको भेटमा राष्ट्रपति चयन लगायतका विषयमा छलफल गर्न बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।

लामो समयदेखि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न सकेको छैन ।

प्रचण्डले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिको प्रयास गर्नुपर्ने दोहोर्‍याएपछि राजनीतिक संयन्त्रमा छलफल गर्ने सहमति भएको हो ।

यसअघि राष्ट्रपति एमालेले पाउने भनिएपनि पछिल्लो पटक माओवादीले राष्ट्रिय सहमति जुटाउनुपर्ने बताइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved