लिड्ससँग युनाइटेडको रोमाञ्चक बराबरी, सिटीसँग अंक बराबरी गर्ने मौका गुमायो

नेपालभ्युज

लिड्ससँग युनाइटेडको रोमाञ्चक बराबरी, सिटीसँग अंक बराबरी गर्ने मौका गुमायो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ ।  घरेलु मैदान ओल्ड ट्रायफोर्डमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाएर युनाइटेडलले बराबरीको नतिजा निकालेको हो ।

लिड्सले पहिलो मिनेटमै विलफ्रेड एनोन्टोको गोलबाट अग्रता लिएको थियो भने ४८ मिनेटमा राफेल भरानेले आत्मघाती गोल गरे । तर युनाइटेडका मार्कस रसफोर्डले ६२ मिनेटमा र ७० औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै बराबरी दिलाए ।

बराबरीसँगै युनाइटेडले दोस्रो स्थानको म्यानचेष्टर सिटिसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । युनाइटेड ४३ अंकमा तेस्रो स्थानमा छ । लिड्सको १९ अंक भएको छ र १६ औं स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved