बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

मकवानपुर। बागमती प्रदेश सरकारले आज प्रदेशका विभिन्न ७ अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेश सरकारको अघिल्लो आर्थिक वर्षको बजेटबाट प्रति एम्बुलेन्स ५२ लाख ९० हजार रकम बराबरको एम्बुलेन्सको साँचो अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री निमा लामाको कार्यकालमा खरिद गरिएको एम्बुलेन्सलाई प्रदेशका भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईं स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल, बकुलहर अस्पताल, चितवनले एम्बुलेन्स प्राप्त गरेका हुन् ।

कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको एम्बुलेन्स बुधबार हस्तान्तरण गरिएको हो । प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले ती एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाका अनुसार केन्द्रले गत वर्ष पनि ५ वटा एम्बुलेन्स खरिद गरी प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठले सरकारको दायित्व जनताको स्वास्थ्य सुरक्षा भएकोले आफू मन्त्रीमा नियुक्त भएपछिको पहिलो निर्णय नै एम्बुलेन्स प्रदान गर्ने र जनस्वास्थ्यको चासो राख्ने रहेको बताए । उनले प्रदेश सरकारले स्वास्थ्य नीति लिएर काम गरिरहेको समेत  बताए ।

‘ख’ वर्गको एम्बुलेन्समा बिरामीसहित बिरामीको २ जना कुरुवाहरू, स्वास्थ्यकर्मी बस्ने सुविधा रहेको छ ।

अत्याधुनिक सेवा सुविधाअन्तर्गत डेलिभरी सेट, ड्रेसिङ सेट, वासिङ इक्युपमेन्ट, टु वे भिडियो कन्भसेसन डिभाइस, मोबाइल डिभाइस, फोरजी कनेक्टेभिटी डिभाइस, वाकीटकी, क्यामरा, जीपीएससमेत जडान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved