मधेसका मुख्यमन्त्री यादवले गरे मन्त्रिपरिषद् विस्तार, माओवादी सहभागी भएन

मधेसका मुख्यमन्त्री यादवले गरे मन्त्रिपरिषद् विस्तार, माओवादी सहभागी भएन

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।  मन्त्रिपरिषद्मा माओवादी केन्द्र भने सहभागी भएन ।

जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास र सिंगासन सा कलवारलाई खानेपानी तथा उर्जा विकास मन्त्री बनेका छन् ।

नेकपा एमालेबाट राजकुमार लेखी कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने शत्रुधन प्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । मो. जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।

जनमत पार्टीबाट संसदीय दलका नेता महेश प्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

त्यस्तै, राज्यमन्त्रीमा जसपाका शेख अबुकलाम आजादलाई सामाजिक विकास मन्त्रालय, आज मात्र एमालेमा प्रवेश गरेका केशव राय चौधरीलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमतका संजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

यसअघि मुख्यमन्त्री यादवले माघ १२ गते नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जसपाका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका बसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् ।

गत पुस २९ गते तीनजना विनाविभागिय मन्त्री सहित मन्त्रीपरिषद् गठन गरेका मुख्यमन्त्री यादवले तीन सातापछि मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।

माओवादीले दुई मन्त्रालय मागेकोमा भागवण्ड नमिलेपछि सरकारमा सहभागी भएन । अन्य दलले माओवादीलाई एक मन्त्रालय मात्रै दिने खोजेपछि सहभागी नभएको उक्त दलका नेताले बताएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved