प्रियंका कार्की र इन्द्रलाल बलामी निफको जुरीमा मनोनीत

नेपालभ्युज

प्रियंका कार्की र इन्द्रलाल बलामी निफको जुरीमा मनोनीत

काठमाडौं। ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरीमा अभिनेत्री प्रियंका कार्की छनोट भएकी छन् । आयोजक नेपाल फिल्म एन्ड कल्चर एकडेमीले फिचर चलचित्र तर्फको जुरी सदस्यमा उनलाई छनोट गरेको हो ।

प्रियंकासँगै माया एकेडेमीका इन्द्रलाल बलामी पनि जुरीमै मनोनीत भएका छन् । बलामी सर्ट फिल्म र वृत्तचित्र जुरी कमिटीमा मनोनीत भएका हुन् । प्रियंकाले दर्जनौं फिल्म अभिनय गरेकी छिन् भने बलामी माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक हुन् ।

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) यस वर्ष ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।

‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तर्क्रिया) समेत आयोजना हुने नेपाल फिल्म एन्ड कल्चर एकडेमीले अध्यक्ष केपी पाठकले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved