निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति आज घोषणा गर्ने

नेपालभ्युज

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति आज घोषणा गर्ने

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएअनुसार राष्ट्रपति निर्वाचनको मिति आजै घोषणा गर्ने तयारी भएको छ ।

उनका अनुसार त्यसका लागि आज १२ निर्वाचन आयुक्तहरूको बैठक बस्दै छ । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले बताए ।

निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी रहेको  बताउँदे उनले भने,  ‘फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्छौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved