बसमा गुड्दा गुड्दै बच्चा जन्मियो तर ‘बचाउन सकिएन’

नेपालभ्युज

बसमा गुड्दा गुड्दै बच्चा जन्मियो तर ‘बचाउन सकिएन’

हरियाणा। भारतको हरियाणामा एक महिलाले बसमै बच्चालाई जन्म दिएकी छिन् । हरियाणाको अम्बालाबाट २५ किलोमिटर टाढा रहेको मुलाना नजिक शुक्रबार देहरादुन जाँदै गरेको बसमा एक महिलाले बच्चालाई जन्म दिएकी हुन् ।

तर समयपूर्व सुत्केरीका कारण बच्चा बाँच्न नसकेको चिकित्सकहरूले बताएका एनडीटीभी हिन्दीले जनाएको छ । बस गुडिरहेको बेला एक्कासी महिलालाई प्रसुती समस्याले च्यापेको थियो । बसलाई नजिकैको अस्पतालमा लैजाने कोसिस गर्दागर्दै बच्चा जन्मिएको चालकले जनाएका छन् ।

बसमै रहेका केही महिलाले बच्चा जन्माउन सहयोग गरेका थिए। तर जन्मनेवित्तिकै बच्चाको मृत्यु भएको छ । बस चालक सलिम खानले सुत्केरी महिलासहितको बसलाई मुल्लानाको सिभिल अस्पतालमा लैजानेवित्तिकै चिकित्सकले शिशुलाई मृत घोषणा गरेका थिए । महिलालाई भने उपचारको लागि भर्ना गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved