कार र स्कुटर ठोक्किएपछि जम्मा भएको भीडमा ट्रक पस्यो, पाँच जनाको ज्यान गयो

नेपालभ्युज

कार र स्कुटर ठोक्किएपछि जम्मा भएको भीडमा ट्रक पस्यो, पाँच जनाको ज्यान गयो

उत्तर प्रदेश। उत्तर प्रदेशको लखिमपुर खेरी जिल्लाको नेशनल हाइवेमा तीव्र गतिको ट्रक भिडमा पस्दा पाँच जनाको ज्यान गएको छ । अन्य केहि घाइते भएका छन् ।

डीएम महेन्द्रबहादुर सिंहका अनुसार सडकमा भएको अर्को दुर्घटनापछि सडकको छेउमा मानिसको भीड लागेको बेला एक ट्रकले अनियन्त्रित भएर भीडलाई किचेको थियो । भीडका पाँच जनाको ज्यान गएको र पाँच जनालाई थप उपचारको लागि लखनउ ट्रमा सेन्टर पठाइएको छ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । घाइतेको उचित उपचारको व्यवस्था गर्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ ।

लखिमपुर सदर कोतवाली क्षेत्रको बहराइच रोडमा अबेर साँझ कारको ठक्करबाट एक स्कुटी सवारलाई मृत्यु भएको हो । स्कुटर चालक घाइते भएका छन् । साँझको गोधूलि र अँध्यारोमा दुर्घटना हेर्न वरपरका मानिसहरु भेला भएका थिए । त्यसपछि बहराइचबाट आउँदै गरेको तीव्र गतिको ट्रक भीडलाई कुल्चेर खाल्डोमा खसेको थियो ।

दुर्घटना यति डरलाग्दो थियो कि घटनास्थलमा कोलाहल मच्चिएको थियो । दर्जनौं मानिस घाइते भएका छन् । डीएम महेन्द्रबहादुर सिंह, एसपी गणेश प्रसाद साह, सीडीओ अनिल सिंह, सदर विधायक योगेश वर्मा पनि जिल्ला अस्पताल पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved