माओवादी केन्द्रले भन्यो- कुनै पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्नु ठीक हुँदैन

नेपालभ्युज

माओवादी केन्द्रले भन्यो- कुनै पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्नु ठीक हुँदैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कुनै पनि पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्न ठीक नहुने बताएको छ ।

बिहीबार (आज) दिउँसो बसेको पार्टीको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेको सचिव देवेन्द्र पौडेलले बताए । ‘कुनै पार्टीविशेषलाई बाइपास गरेर राष्ट्रपति छान्ने कुरा हुँदैन, त्यो ठीक हुँदैन । यसबारे हामीले छलफल गर्‍यौँ,’ उनले भने ।

उनले राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने बताए । भारतका १९औं राष्ट्रपति अब्दुल कलामको उदाहरण दिँदै उनले भने, ‘राष्ट्रपति सबैको सहमतिमा बन्नुपर्छ । जसरी भारतमा अब्दुल कलामलाई सबैको सहमतिमा राष्ट्रपति बनाइएको थियो । उसैगरी यहाँ पनि सबैको समर्थनमा साझा राष्ट्रपति बनाउने हो । कुनै पार्टी विशेषलाई बाइपास गर्नु राम्रो हुँदैन ।’

उनले राष्ट्रपति लुछाचुँडी गर्ने पद नभएको स्मरण गराए । ‘राष्ट्रपति सम्मानित पद हो । राष्ट्राध्यक्ष हो । यसैले यसमा अनावश्यक बहस नगरिकन सम्मानित र सबैले स्वीकार्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved