नेप्सेमा सामान्य गिरावट, कारोबार घट्यो

नेपालभ्युज

काठमाडौं।  बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ०.३५ अंकले घट्दै २१८३.२७ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १०.३७ अंकले बढ्दै २१८३.६२ अंकमा उक्लिएको थियो ।

आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एन्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् ।

साताको अन्तिम कारोबार दिन लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो ।

०.३५ अंकले नेप्से घटेको दिन कुल २ अर्ब ८६ करोड ८२ हजार रुपैयाँ बराबरको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved