निजीक्षेत्रका हरेक एजेण्डामा उद्योग वाणिज्य महासंघको साथ रहनेछ: चन्द्र ढकाल

नेपालभ्युज

निजीक्षेत्रका हरेक एजेण्डामा उद्योग वाणिज्य महासंघको साथ रहनेछ: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताएका छन् ।

इटहरी उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले निजीक्षेत्रको एजेण्डालाई लिएर अगाडि बढ्ने र निजीक्षेत्रका हरेक एजेण्डामा जिल्ला/नगर उद्योग व्यवसायी संघसँग महासंघ सँगै रहने प्रतिवद्धता जनाएका हुन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले कर्जाको ब्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रमा नहुने बताए । ‘कर्जाको ब्याजदर कुनै बैंक, वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन । यसमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुको प्रभाव रहन्छ । केही समय पहिलेको दुई-तीन प्रतिशतको निक्षेपको ब्याजदर अहिले १०/११ प्रतिशत पुगेको छ । त्यसैले कर्जाको ब्याजदर स्वतः बढेको हो,’ उनले भने ।

उनले आफूलाई बैंकले दिने प्रतिफलभन्दा अन्य व्यवसायमार्फत आउने प्रतिफल बढी भएको हुँदा बैंक व्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने बताए । उनले केही व्यवसायीहरूले चुनावी एजेण्डा बनाउन खोज्दा बैंक र व्यवसायीबीचको दूरी बढेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved